सूचना-प्रवधि

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

इकागज |
फागुन ६, २०८० आइतबार १२:४४ बजे

काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो ।

यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष शत्रहरू सञ्चालन गर्नेछ ।


सहकार्य बारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने जानकारी दिए ।

‘द ब्रिटिश कलेजसँगको रणनीतिक साझेदारी गर्न पाउँदा हर्षित छौं,’ उनले भने, ‘यो सहकार्यले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाएर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

सीपयुक्त विद्यार्थी तयार गर्ने योजना अनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको ब्रिटिस कलेजको स्कूल अफ कम्प्युटिङका प्रमुख डा. रोहित पाण्डेले बताए ।

‘विद्यार्थीहरूलाई बजारका लागि योग्य बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं । त्यसैअनुसार प्रिक्सासँग साझेदारी भएको हो,’ पाण्डेले अगाडि भने ।

प्रिक्साले बिट्रिस कलेजमा एआई, मेसिन लर्निङ सम्बन्धि कक्षाका साथै विभिन्न वर्कशप समेत सञ्चालन गर्ने जनाएको छ ।

विशेष गरी यसबाट बिट्रिस कलेजमा एम्एससी/बीएससी कम्प्युटर साईन्स (एआई) मा भर्ना हुने विद्यार्थीहरुलाई फाइदा हुने कलेजले जनाएको छ ।

ब्रिटिस कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसैवर्षदेखि एआई स्पेसिलाइज्ड चार वर्षे एम्एससी/बीएससी कम्प्युटर साईन्स सुरू गरेको छ ।

प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक ईन्जिनियरिङ क्लेजमा स्नातक र स्नाताकोत्तरमा एआई कोर्ष अध्यापन गराउँदै आएको छ ।

 


Author

थप समाचार
x