सूचना-प्रवधि

फेसबुकले बालबालिकालाई हानी पुर्‍याउने र  प्रजातन्त्रलाई कमजोर बनाउने क्यापिटल हिलमा बयान

इकागज |
असोज २१, २०७८ बिहीबार ६:४४ बजे

वासिङटन- फेसबुकका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने  र विभाजनहरू बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरूलाई जानकारी दिएकी छिन्  ।

यस विषयमा सबै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी छिन् । फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ ।  उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिएकी दिइन् । 


यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ । मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए । (एएफपी)


Author

थप समाचार
x