सूचना-प्रवधि

यसरी सजिलै डाउनलोड गर्नुहोस युट्युबको भिडियो

इकागज |
असोज २६, २०७८ मंगलबार ६:४५ बजे

काठमाड- युट्युब चलाउँदै गर्दा हामीलाई कतिपय भिडियोहरू मन पर्न सक्छ र यस्ता भिडियोहरू डाउनलोड गरेर राख्न चाहन्छौँ तर सबै ठाउँमा डाउनलोड अप्सन हुँदैन । तपाईंलाई यहाँ आज इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैँछौं । जस्तै युट्युब, टिकटक, ट्वीटर तथा फेसबुक जस्ता सोसल साइटमा भएका भिडियो उच्च गुणस्तरको डाउनलोड गर्नको लागि केही साधारण स्टेप फलो गर्नुभयो भने तपाईंले चाहेजस्तो क्वालिटिको भिडियो डाउनलोड गर्न सक्नुहनेछ ।

प्रथमत: तपाईंले आफूले डाउनलोड गर्न चाहेको भिडियोको लिङ्क कपि गर्नुहोस् । याद राख्नुहोस् सो लिङ्क पब्लिकलि पोस्ट भएको हुनुपर्दछ । आफूले डाउनलोड गर्न चाहेको भिडियो डाउनलोड गर्न यस यहाँ क्लिक गर्नुहोस् वा savefromnet.net मा जानुहोस् ।


त्यहाँ भएको अनलाइन भिडियो डाउनलोडर भन्ने अप्सन देखा पर्नेछ । त्यहाँ तपाईंले डाउनलोड गर्न चाहेको भिडियोको लिङ्क राख्नुहोस ।

अब तपाईं भिडियो डाउनलोड फर्म्याटमा देखा पर्छ । भिडियोको साइज अनुसार सिस्टमले कन्भर्टमा समय लगाउने छ ।

अब तपाईंले चाहेको भिडियो कुन क्वालिटीमा डाउनलोड गर्ने छान्नुहोस् । जस्तै तपाईंलाई राम्रो क्वालिटीको भिडियो डाउनलोड गर्न मन छ भने त्यहाँ रहेको डब्लुइबिएम ७२० अप्सनलाई छान्नुहोस तर यो फर्म्याटका भिडियो सबै मोबाइलमा सपोर्ट नगर्न सक्छ त्यसैले डाउनलोड गर्नुअघि आफ्नो मोबाइलमा सपोर्ट गर्ने नगर्ने चेक गर्नुहोस् ।

यदि तपाईं अडियो फाइलमात्र डाउनलोड गर्न चाहानुहन्छ भने पनि त्यहाँ तपाईंले अडियो फाइलमात्र पनि डाउनलोड गर्न सक्नुहुनेछ ।

अब तपाईंको भिडियो डाउनलोडका लागि तयार भयो । अब आफूले चाहेको समयमा सो भिडियो हेर्न सक्नुहुनेछ ।

यसरी तपाईंले चाहेका भिडियोहरू सजिलै आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुनेछ । यसका अलावा तपाईं प्ले स्टोरमा सेभ मास्टर युट्युब भिडियो भन्ने एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।


Author

थप समाचार
x