सूचना-प्रवधि

यी हुन अर्बौँ पर्ने विश्वका केही स्मार्ट फोन

इकागज |
कात्तिक १५, २०७८ सोमबार १०:४५ बजे

काठमाडौँ- स्मार्टफोन हाम्रा जीवनको एक अभिन्‍न अंग जस्तै भइसकेको छ । स्मार्टफोनले हाम्रो दैनिकी सहज बनाउन महत्वपर्ण भुमिका निर्बाह गर्ने गर्दछ । हाल कतिपय कार्यहरू स्मार्टफोन मार्फत हुने गर्दछ ।

विश्वमा प्रत्येक दिन करोडौं स्मार्टफोनको बिक्री वितरण हुने गरेको छ । कोभिड-१९ का कारणले अनलाइन कक्षाका लागि स्मार्टफोनले निकै नै महत्वपूर्ण कार्य गरेको छ । सञ्‍चारका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको स्मार्टफोन सबैभन्दा महंगो कति मुल्यको छ त आउनुहोस् यस बारेमा केहि जानकारी राखौं । यी हुन केही संसारका केही मूल्यवान स्मार्टफोनहरू ।


फेल्कन सुपरनोवा 
विश्वको सबैभन्दा महंगो मोवाइलमा फेल्कन सुपरनोवा आइफोन सिक्स रहेको छ । जसको मुल्य करिब ५ अर्व ५० करोड रहेको छ । सुपरनोवामा चौबिस क्यारेड सुन प्रयोग गरिएको छ भने पछाडि एउटा सुन्दर हीरा जडान गरिएको छ । यसमा चोरले चोर्न नसक्ने ह्याक प्रिभेन्सन टेक्नोलोजी जडान गरिएको छ । सुनको प्रयोग गरिएकोले यो स्मार्टफोन महंगो स्मार्टफोन भित्र पर्दछ । 

स्टुअर्ट ह्युजेस आइफोन 
स्टुअर्ट ह्युजेस आइफोन फोर एस एलिट गोल्ड विश्व बजारमा अर्को एक महंगो फोन हो । यसको नेपाली मुल्य करिब एक अर्व भन्दा माथि रहेको छ । हीरा र सुन प्रयोग गरि बनाएको यस फोनमा विश्वका धनाड्यहरूको नजर पर्ने गर्छ । यसमा प्रयोग गरिएका हीरा र सुनले गर्दा यसको मुल्य आकाशिएको हो । 

स्टुअर्ट ह्युजेस आइफोन फोर डाइमन्ड रोज 
सय भन्दा बढि हीरा जडान गरिएको स्टुअर्ट ह्युजेस आइफोन फोर डाइमन्ड रोजमा हीराका साथै २४ क्यारेट गोल्ड जडान गरिएको छ जसले यस फोनको सुन्दरता झन् बढाएको देखाउँछ । यसको मुल्यको कुरा गर्दा करिब ८० लाख नेपाली रूपैयाँ भन्दा बढि हुन जान्छ । 

गोल्ड स्टाइकर आइफोन थ्रिजीसएस सुप्रीम
गोल्ड स्टाइकर आइफोन थ्रिजीएस सुप्रीममा जडान गरिएका धातुका कारण महंगा स्मार्टफोनको सुचीमा समावेश भएको हो । यसको मुल्य करिब ५० करोड रहेको छ । २२ क्यारेट सुन र हीरा जडान गरिएको यस स्मार्टफोन सौखिन व्यक्तिहरूले खरिद गर्ने गरेका छन । 

आइफोन थ्रिजी किङ्स बटन
अस्ट्रियाका डिजाइनर पीटर एलिशनले डिजाइन गरेको यस आइफोन थ्रिजी किङ्स १८ क्यारेट पहेलो र गुलाबी डिजाइनमा तयार गरिएको छ । होम बटनमा ६६ क्यारेट डाइमन्ड प्रयोग गरिएको छ यसले यसको स्वरूपलाई झन् चम्किलो बनाउन मद्दत गरेको देखिन्छ । यसको मुल्य करिब ३० लाख भन्दा बढि छ ।


Author

थप समाचार
x