डिफेन्स

कमाण्ड तालिममा ६ विदेशीसहित ६२ सहभागी

इकागज |
बैशाख ४, २०८० सोमबार २१:२७ बजे

फाइल फोटो

काठमाडौँ - शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको  कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ ।

बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गरेको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मध्यम तहका अधिकृत स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको तालिममा सेनाका एक महिलासहित  ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक÷एक अधिकृत सहभागी छन् । 


भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरियाका एक÷एक  जना प्रशिक्षार्थी तालिममा सहभागी छन् । सेनाको उच्च  तहसम्म पुग्न यो तालिम अनिवार्य मानिँदै आएको छ ।

कलेजले विसं २०५० भदौ २० गते १२ शिक्षार्थी अधिकृत समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ गरेकोमा सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइँदै गएको छ ।

कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका एक र विदेशी १०८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको निर्देशनालयले जनाएको छ ।  तालिम शुभारम्भका अवसरमा रथी खड्काले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि भएकाले त्यसलाई सामना गर्न तयार रहनुपर्ने बताए । 

कलेजका शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालले परम्परागत सैनिक कारबाहीलगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन सक्ने जनशक्ति तयार गर्न तालिममा विविध विषयवस्तु समेटिएको जानकारी दिए । रासस


Author

थप समाचार
x