डिफेन्स

सेनाले बख्तरबन्द गाडीको सडक अभ्यास गराउँदै

इकागज |
भदौ ८, २०७८ मंगलबार २०:३७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली सेनाले आज बख्तरबन्द गाडीको सडकमा अभ्यास गराउने भएको छ । सेनाको मेकानाईज्ड युनिटहरूबाट बख्तरबन्द गाडी चालकको क्षमता वृद्धि गर्न स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा बख्तरबन्द गाडीको सडकमा अभ्यास गराउन थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । यो नियमित प्रक्रिया रहको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगंज र धनगढीमा तैनाथ गुल्महरूले विभिन्‍न मितिहरुमा अभ्यास सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।



Author

थप समाचार
x