डिफेन्स

कञ्‍चनपुरको माहाकालीमा सशस्त्रको बिओपी स्थापना

इकागज |
मंसिर २८, २०७७ आइतबार १८:३६ बजे

कञ्‍चनपुर : कञ्‍चनपुरको माहाकाली नगरपालिका-१० कुतिवाकभरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसिर २८ गते आयोजित कार्यक्रममा बिओपी उद्घाटन  गरेका हुन् । 

कार्यक्रममा थापाले अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । उनले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको भन्दै सरकारको नीति अनुरुप सीमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्न बोर्डर आउट पोष्टहरू थप गर्दै लगिने बताए । 


कञ्‍चनपुर जिल्लाको सदरमुकाम देखि करिब २० किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करिब २ किलोमिटर वर स्थापना गरिएको बिओपीले आइतबारबाट दैनिक कार्य सुचारु गरेको छ । कार्यक्रममा नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठलगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।
 


Author

थप समाचार
x