डिफेन्स

सुरु भयो लेबनानमा तैनाथ शिवदल गण ६१औं डफ्फाको अदली बदली

इकागज |
मंसिर २९, २०७७ सोमबार २०:५३ बजे

काठमाडौँ : शान्ति स्थापनार्थ लेबनानमा तैनाथ शिवदल गण ६१ औं डफ्फा अदली बदली भएको छ । दली गर्न मंसिर २८ गते प्रमुख सेनानी राजिव थापाको कमाण्डमा बर्दबहादुर गण ६२ औं डफ्फाको २१४ जना नेपाली शान्ति सैनिक, मिशन ईलाकातर्फ प्रस्थान गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । मिशनमा कार्यकाल सकिएको सेनानी विशाल बहादुर शाह नेतृत्वको २१४ जना शान्ति सैनिकहरुको टोली मंगलबार नेपाल आइपुगेको छ । 

अदली बदली चार चरणमा सम्पन्न हुने र अन्तिम टोली आगामी माघ १६ गते नेपाल फिर्ता निर्देशनालयले जनाएको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको पनि निर्देशनालयले बताएको छ । 



 


Author

थप समाचार
x