डिफेन्स

ऐतिहासिक पदमार्गको संरक्षण र विकास गर्दै सेना

इकागज |
मंसिर ३०, २०७७ मंगलबार १९:२ बजे

काठमाडौं : ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको बारेमा अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि नेपाली सेनाले सम्बद्ध पक्षहरूसँग छलफल गरेको छ । प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार स्थानिय निकायको समन्वय नेपाली सेनाका पृतना, वाहिनि, गण र गुल्मले विभिन्न तवरबाट यो काम गर्दै आएका छन् । 

यस विषयमा छलफल, अन्तरक्रिया मार्फत् एकरुपताको लागि ०७६ भाद्र १२ र १३ गते नेपाली सेनाका फर्मेशन, युनिटहरू र पर्यटन बोर्डका पदाधिकारीहरू तथा विज्ञहरू सम्मिलित गराई सेमिनार सम्पन्‍न गरेको हो। 


त्यसैगरी ०७६ पौष २ गते नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरु सम्मिलित बृहत सेमिनारमा तयारी सम्बन्धी छलफल गरेर ०७६ माघ २, ३ र ५ गते सबै सरकारी एवं ‌गैरसरकारी निकायहरुको सहभागीतामा एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार गरेको थियो ।


 


Author

थप समाचार
x