डिफेन्स

निर्वाचन सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रहरी प्रमुखको निर्देशन

रासस |
माघ ८, २०७७ बिहीबार २०:२७ बजे

काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापाले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेको कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् ।  

थापाले भर्चुअल कार्यक्रममा भने, ‘अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने । उनले नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखलाई आग्रह गरे ।


कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे जानकारी गराएका थिए ।


Author

थप समाचार
x