डिफेन्स

प्रहरीमाथि हातपात गर्ने २ पक्राउ

इकागज |
माघ २६, २०७७ सोमबार १३:५५ बजे

फाइल तस्बिर

 झापा : कचनकवल गाउँपालिका–६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । हातपात गरेको अभियोगमा आइतबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजवंशी र ३३ वर्षीय डिल्ली राजवंशी रहेका छन् । 

मोटरसाइकलमा हेलमेट बिना सवार भइरहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउन आग्रह गरेको थियो । प्रहरीलाई उल्टै गाली, गलौज तथा हातपात गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । 



Author

थप समाचार
x