डिफेन्स

कस्ता व्यक्तिले सेनामा आवेदन दिन पाउँदैनन् ?

इकागज |
चैत १४, २०७८ सोमबार १३:५ बजे

काठमाडौँ - नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लेखा उप सेनानी, प्राड उपसेनानी, पाइलट उप सेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना  माग गरिएको छ ।


पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनको पूर्ण विवरण आजको गोरखापत्रमा प्रकाशित छ ।
 

कस्ता व्यक्तिले आवेदन पाउदैनन् ?

  • अंगभंग नभएको
  • सेनाले आफ्नो सेवामा छनोट हुनका लागि विभिन्न अवधारणाहरू निर्धारण गरेको छ जसमा
  • सैनिक कार्य क्षमतामा असर पर्ने हुन नहुने
  • खुँडे भएका अस्वभाविक दाग/खत र खुँडेको कारण कुरुप हुन नहुने साथै स्पष्ट बोली हुनु पर्ने ।
  • शरीरको अवयवहरू टुटफुट भएको वा भाँचिएको हुन नहुने ।
  • कुटपिट आदिद्वारा ठूलो चोटपटक लागि शरीरको कुनै भाग वा अंगमा खत पुगेको नहुने ।
  • अस्वभाविक किसिमको चोट वा खत भएको हुन नहुने । (स्याण्डो र घुँडा भन्दा माथिसम्म आउने कट्टु लगाउँदा छोपिने बाहेक बाँकी भागमा अस्वभाविक दाग देखिने हुन नहुने)
  • सामान्य मानिसमा हुनु पर्ने अंग भन्दा अस्वाभाविक देखिने तथा थप अंग (जस्तै: एक हातमा ६ वटा औँला ,कानमा मासु पलाएको तीनकुने, अनुहार तथा शरीरमा अस्वभाविक देखिने ग्रहणको टाटो) भएको नहुने ।
  • अंगभंग कारणबाट अस्वभाविक घाउ वा दाग भएको हुन नहुने ।
  • हात खुट्टा लामो छोटो भएको नहुने ।
  • कुरुप नदेखिने / शरीरमा अस्वभाविक दागहरू नभएको
  • अनुहारमा छालाको सतह भन्दा माथी उठेको कोठी भई हिस्सी वा अनुहार नपरी विरूप देखिने तथा अंगभंग भई कुरुप हुन नहुने ।
  • रोग वा चोट पटकको कारण अनुहारमा अस्वभाविक छ्याका भएको नहुने ।
  • हात खुट्टा बाङ्गो टिङ्गो देखिने अपरेशन कारणबाट हातखुट्टा टेढो भएको हुन नुहने ।
  • हात खुट्टाको औँलाहरू अस्वभाविक रूपमा नजोडिने हुन नहुने ।
  • सतर्क पोजिसनमा उभिँदा  घुँडा नजोडिने
  • शरीरमा ट्याटू मार्क हुन नुहने ।
  • ढाड कुप्रो नभएको हुनुपर्ने ।
  • सर्ने किसिमको दुवी हुनु नहुने ।
  • आँखा डेढो भएको भएको नुहने ।
  • बोली प्रस्ट हुनुपर्ने भकभकाउने हुनु नहुने ।
  • कपाल अस्वभाविक रूपमा रँगाएको तथा फुलेको हुनु नहुने

माथि दिइएका समस्याहरू भएमा भने सैनिक सेवामा आवेदन दिन नपाउने सैनिक मुख्यालयले जनाएको छ ।


Author

थप समाचार
x