सेयर

सेयर बजार २८.९२ अंकले घट्याे

इकागज |
भदौ २१, २०८० बिहीबार १६:३३ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजारले आम लगानीकर्ताालाई निराश बनाएको छ । बिहीबार नेप्से सूचक २८.९२ विन्दुले घटेर १९३२.४५ अंकमा आएको छ । १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ​

दिनहुँजसो बजार घटिरहेको छ । लामो समयदेखि बजार ओरालै यात्रामा छ । बढ्ने कुनै संकेत नदेखिँदा आम लगानीकर्तामा निराशा उत्पन्न भएको हो । 


बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं सम्पति गुम्दा पनि सरकार र नियामकले कुनै पनि सम्बोधन गरेका छैनन् । सुधार्ने बचन दिएका छैनन् । यसकारण पनि लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।

यस दिन २७६ कम्पनीको करिब ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाख रुपैयाँसहित कारोबार रकममा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र शिवम् सिमेन्ट्स परेका छन् । 


Author

थप समाचार
x