सेयर

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री महत

इकागज |
असोज १५, २०८० सोमबार १४:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन् ।​​ सोमबार ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए । उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरू रहेको बताए ।


अर्थमन्त्री महतले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे । उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताए । उनले साना बचतकर्ताहरूको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने र सूचना लिक हुने प्रवृत्तिहरू देखिएको भन्दै यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्ने बताए ।


Author

थप समाचार
x