सेयर

सेयर बजार ३.०४ अंकले बढ्यो

इकागज |
कात्तिक १३, २०८० सोमबार १६:५७ बजे

काठमाडौं - सेयर बजार ३.०४ अंकले बढेको छ ।

चालू साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । 


सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । 

सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ ।


Author

थप समाचार
x