सेयर

प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

इकागज |
पुस ३, २०८० मंगलबार ११:५४ बजे

फाइल तस्बिर

काठमाडौं -  प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ । 

चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।


यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको  कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो । 
 


Author

थप समाचार
x