समाज

तीन वायुको असर : आज यी क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

इकागज |
जेठ ५, २०७९ बिहीबार ७:३३ बजे

काठमाडौं - आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।


राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।

शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

 

 


Author

थप समाचार
x