समाज

शनिबारसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

इकागज |
चैत १६, २०७७ सोमबार १४:३७ बजे

काठमाडौँ : वायु प्रदूषण अत्यधिक बढेपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण  बढेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।


 


Author

थप समाचार
x