समाज

हेटाैंडामा मूल्यवृद्धिकाे विराेध

इकागज |
जेठ १०, २०७९ मंगलबार १९:३३ बजे

मकवानपुर । पछिल्लो समय सरकारले छोटो छोटो समय अवधिमै मूल्यवृद्धि गरेको भन्दै प्रदेश राजधानी हेटौंडामा दिनु मूल्य वृद्धिको बिरोध प्रदर्शन भइरहेको छ । आज हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम गरिएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको संयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गरिएको हो । विरोध प्रदर्शनीमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउँछौ मूल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजीनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनी गरिएको थियो ।


प्रदर्शनका क्रममा सडकमै आगो बालेर ग्याँस खरिद गर्न नसकेको संकेत गराईएको थियो भने मोटरसाइकल डोर्‍याएर विरोध जनाईएको थियो । सर्व साधारणको पहुँच नै पुग्न नसक्ने गरी भएको मुल्य वृद्धिको तीव्र विरोध आइरहेको छ । आजै मकवानपुरको भिमफेदीमा पनि विद्यार्थीहरुले मूल्य वृद्धिको विरोधनमा प्रदर्शन गरेका छन् ।


Author

थप समाचार
x