समाज

विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्ति

इकागज |
चैत २९, २०७७ आइतबार १५:५ बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहर बढेपछि विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति निजी विद्यालय सञ्चालकले आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आइतबार प्रेस विज्ञप्ती निकालेर विद्यालय बन्द नगराउन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयपछि सीसीएमसीबाट भएको निर्णयले शैक्षिक संस्थामाथि ठूलो असर गरेको पनि प्याब्सलने जारी गरेको विज्ञप्तीमा उल्लेख छ । संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने भए निश्चित क्षेत्र, पालिकामा गर्न पनि प्याब्सनले भनेको छ । तर संक्रमण बढेको आशंकामा सबै विद्यालय बन्द नगर्न प्याब्सलने आग्रह गरेको छ । 


 


Author

थप समाचार
x