समाज

भन्सार छलेर ल्याइएको २२ बोरा चिनी प्रहरी नियन्त्रणमा

इकागज |
भदौ ३०, २०७९ बिहीबार ७:२४ बजे

फाइल तस्बिर

कैलाली - प्रहरीले भन्सार छलेर ल्याइएको २२ बोरा चिनी र अटोसहित नियन्त्रणमा लिएको छ। बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा उक्त समान ल्याइरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।


अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


Author

थप समाचार
x