समाज

गोठाटार गोलीकाण्ड : घाइतेकाे उपचारका क्रममा मृत्यु

इकागज |
असोज ३, २०७९ सोमबार २१:५२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको गोठाटारमा गाेली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

साेमबार साँझ ५५ वर्षीय लाल मोहमम्दलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । साही गाेली प्रहारबाट उनकाे मृत्यु भएको काठमाडौँ प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।


गाेली चलाउने मधेसी मूलकाे देखिने राताे ज्याकेट लगाउने व्यक्ति रहेकाे प्रहरीले बताएकाे छ । गोली हानेर भागेका दुई जनाकाे पहिचान भने खुल्न सकेकाे छेन ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

गाेठाटार गाेलीकाण्ड : राताे ज्याकेट लगाउनेले गोली हानेर भागे

गोठाटारमा गोली चल्याे, एकजना घाइते

 

 


Author

थप समाचार
x