घटना-दुर्घटना

गाेठाटार गाेलीकाण्ड : राताे ज्याकेट लगाउनेले गोली हानेर भागे

इकागज |
असोज ३, २०७९ सोमबार २०:५४ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको गोठाटारमा गाेली चलाउने व्यक्ति मधेसी मूलका देखिने दुई जना भएको खुलेको छ ।

प्रहरीका अनुसार गाेली लागेकाे मान्छेले कार आफैँले चलाएकाे​र कार पास हुनुभन्दा अगाडि एउटा पल्सर माेटरसाइकल राेकेर राखेकाे देखिएकाे छ । 


गाेली हान्ने बित्तिकै गाेली लागेकाे मान्छेलाई बचाउन एकजना युवती नजिकैकाे घरबाट ​हामफालेकाे जस्ताे देखिएकाे उपत्यका प्रहरी कार्यालयका एक पदाधिकारीले बताए ।

गाेली हान्ने मान्छेले पहिले रेकी गरेर गाेली हानेकाे प्रहरीकाे प्रारम्भिक निष्कर्ष रहेकाे छ ।

गोली लागेर घाइते भएका सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जीकाे त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

 

गोठाटारमा गोली चल्याे, एकजना घाइते

 


Author

थप समाचार
x