कस्तो रहला आजको मौसम ?

काठमाडौं - हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेश र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।
सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया