समाज

भोलि यती एयरलाइन्सका सबै उडान रद्द

इकागज |
माघ १, २०७९ आइतबार १८:१२ बजे

काठमाडौँ- यती एयरलाइन्सले भाेलि (सोमबार)का लागि निर्धारित सबै उडान रद्द गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले विमान दुर्घटनाको शोकमा भाेलिकाे सबै उडान रद्द गरेकाे हाे ।

यद्यपि आपत्कालीन र उद्धार उडानहरू भने सुचारु रहने कम्पनीले जनाएकाे छ ।


कमपनीको ९एन एएनसी एटीआर ७२-५०० विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।


Author

थप समाचार
x