समाज

पोखरा महानगरपालिका १३ द्वारा तीन सयको आँखा परीक्षण

इकागज |
माघ ४, २०७९ बुधबार १६:११ बजे

काठमाडौँ- पोखरा महानगरपालिका वडा १३ ले तीन सय वडावासीको आँखा परीक्षण गरेको छ । लायन्स क्लब, वडा कार्यालयको आयोजनामा दुई सय महिला र एक सय पुरुषले आँखा परीक्षण गराएका हुन् ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने शिविर सञ्चालन सम्पन्न भएको हो । एक दिने निःशुल्क आँखा शिविरमा ७ जनामा मोतियाविन्दु फेला परेको अध्यक्ष किरण बरालले जानकारी दिए ।


‘मोतियाविन्दु फेला परेका बिरामीलाई हिमालय आँखा अस्पतालले निःशुल्क उपचार गरिदिन्छ,’ उनले भने,’ आफ्नो वडावासीको स्वास्थ्यमा ध्यान दिँदै यस्ता शिविर समय-समयमा सञ्चालन गर्ने गरिएको छ ।‘

वडावासीको स्वास्थ्यलाई लिएर जनप्रतिनिधि गम्भीर भएकाले आँखा शिविर सञ्चलन गरिएको भनाइ छ । ‘युवा, युवती, महिला र वृद्धहरूले आँखा परीक्षण गराएका थिए,' उनी भन्छन् ।

अध्यक्ष बरालले आँखा जस्तो संवेदनशील अंगलाई समयमा रोग लाग्न नदिएर सचेत हुनुपर्ने धारणा राखे । उनले  वडावासीको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क उपचारको काम गरिरहेको बताएका छन ।

 

 


Author

थप समाचार
x