समाज

अरुण तेस्रोमा सिन्धुपाल्चोकका तामाङको मृत्यु

इकागज |
माघ १७, २०७९ मंगलबार १३:५६ बजे

काठमाडौँ- संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका- ५ का २२ वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

मंगलबार राति ३ बजे विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएका छन्।


सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५  का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाइते मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको छ।

घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ। अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जनभन्दा बढी मजदुरको ज्यान गएको छ। परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

 


Author

थप समाचार
x