समाज

कोठामा अचेत एकको मृत्यु, दुई चिन्ताजनक

इकागज |
बैशाख २१, २०७८ मंगलबार १८:२४ बजे

काठमाडाैँ : सूर्यविनायकमा एउटै कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-३ गुडुवाल घर भई हाल सूर्यविनायक-१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् । रासस 



Author

थप समाचार
x