समाज

मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाे फिचर)

इकागज |
चैत १३, २०७९ सोमबार १७:३३ बजे

काठमाडौं- महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याज पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरू सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उनीहरू खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याज पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।​ उनीहरू आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरूलाई रोकेको हो । 


‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।


 


Author

थप समाचार
x