समाज

उदयपुरबाट दुर्लभ ध्वाँसे चितुवाको उद्धार

इकागज |
बैशाख १२, २०८० मंगलबार १९:२५ बजे

काठमाडौँ- डिभिजन वन कार्यालय उदयपुरले विश्वबाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ ।  उदयपुरको बेलका नगरपालिका-९ यसोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।

बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाइते चितुवालाई चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रमा पठाइएको डिभिजनल वन अधिकृत डा इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।


नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तीन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।

वन कर्मचारीले गस्तीका क्रममा बेलकाको वन क्षेत्रमा घाइते अवस्थामा फेला परेको चितुवालाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु वन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथमिक उपचार गरी थप उपचार र संरक्षणको लागि चितवन पठाइएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।


Author

थप समाचार
x