समाज

अब भवन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔँ : विज्ञ

इकागज |
जेठ १२, २०८० शुक्रबार २०:५८ बजे

काठमाडौँ- सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फम्स (एससीएईएफ) नेपालले राजधानीमा गरेको एक कार्यक्रममा विषय विज्ञले अब भवन निर्माणमा पनि गो ग्रीन (हरियालीतिर जाऔँ) धारणाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कन्स्ट्रक्सन विजनेश डेभलपमेन्टल इम्प्लिमेन्टसन कमिटी र फेडेरेशन अफ कन्ट्याक्टर्स एसोसिएसन अफ नेपालको सहकार्यमा ‘ट्रेनिंग अफ ग्रीन विल्डिंग्स्’ विषयमा भएको तालिम कार्यक्रमका आगन्तुक विषय विज्ञ प्रशिक्षकले निर्माण सामग्रीहरूको प्रयोग गर्दा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड दिएका हुन् ।


ग्रीन कन्स्ट्रक्सन मेटेरिअल्स् विषयमा प्रशिक्षण दिँदै विषय विशेषज्ञ इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीको छनौट गर्दा वातावरण विनाश नगरी उत्पादन गरिएका वातावरणमैत्री निर्माण सामग्रीको छनोट हुनुपर्नेमा जोड दिए ।

‘अहिले संसारकै एउटा मुख्य समस्या वातावरण प्रदूषण हो,' सहभागी इन्जिनियरलाई अनुरोध गर्दै इन्जिनियर दुवालले भने, ‘त्यसकारण तपाईँले पनि घरको डिजाइन गर्दा यो अनुसारको निर्माण सामग्रीको प्रयोगमा जोड दिनुहोस् ।’

आफूहरूले पनि लामो समयदेखि वातावरणमैत्री निर्माण सामग्रीको उत्पादन गर्दै आएको चर्चा गर्दै वातावरण विनाश हुनबाट जोगाउनु, वातावरण प्रदूषण हुन नदिनु नै अहिलेको नयाँ पुस्ताको मुख्य जिम्मेवारी रहेको सुनाए । 


Author

थप समाचार
x