समाज

[फोटो फिचर]

सर्वसाधारणलाई कचकच, तस्करलाई रजगज !

अनुज बज्राचार्य |
साउन ५, २०८० शुक्रबार १९:५ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । 


सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

सुन तस्करी काण्डमा साना भरियाहरूलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले 'सर्वसाधारणलाई कचकच तस्करलाई रजगज', 'सुन तस्करलाई पक्राउ गर', 'सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर', ‘सुन तस्करलाई फाँसी दे' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x