समाज

लघुवित्तविरुद्ध आइतबार पनि काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

अनुज बज्राचार्य |
साउन ७, २०८० आइतबार १७:४ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौँको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्यालीसहितको प्रदर्शन गरेका हुन् ।



उनीहरूले नव सामन्तीका रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दे निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

आफूहरूको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x