समाज

बाढीले कागबेनी बजार जलमग्न, नेपाली सेनाद्वारा स्थानीयलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण (फोटो फिचर)

इकागज |
साउन २९, २०८० सोमबार १२:५७ बजे

काठमाडौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारस्थित कागखोलामा हिजो आइतबार बेलुकी ७:४० बजे आएको बाढीको कारण बजार जलमग्न भएपछि नेपाली सेनाले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा स्थानन्तरण गरेको छ ।

नेपाली सेनाका अनुसार उक्त इलाकाबाट करिब ५ सय मिटर माथि पर्ने कागबेनी-मुक्तिनाथ सडक खण्ड नजिक सुरक्षित क्षेत्रमा सारिएको हो ।


हालसम्म उक्त इलाकामा कागबेनी लोमान्थाङ जाने पक्की पुल-१, काठेपुल-१ बगाएको जानकारी सेनाले दिएको छ ।

जोमसोमस्थित नारायणदल गणबाट १/४५ को फौज आज सोमबार बिहान साढे पाँच बजे उक्त ईलाकामा उद्दार कार्यमा खट्टिएको थियो । वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदो सहितको बाढीले हालसम्म कुनै पनि मानवीय क्षति नभएको पनि सेनाले जनाएको छ ।

भौतिक क्षतितर्फ कागबेनी बस्तीमा ३१ वटा घर/होटल जोमसोम कोरोला सडकको पक्की पुल,  झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतिय पोल बगाएको जानकारी सेनाले दिएको छ।

सेनाले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त इलाका जलमग्न भई बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाईका कारण एकिन तथ्यांक संकलन गर्न कठिनाई भएको छ ।

खटिएको सैनिक टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहयोगमा खोज तथा उध्दार कार्य जारी राखेको सेनाले जनाएको छ ।

तस्बिर साैजन्य : नेपाली सेना


Author

थप समाचार
x