समाज

मुख्यमन्त्री चौधरीद्वारा किवानिसको कार्यक्रम बहिष्कार

इकागज |
भदौ ८, २०८० शुक्रबार २१:५८ बजे

बुटवल- नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिस क्लबको कार्यक्रम बहिष्कार गरेका छन् । 

मुख्यमन्त्री चौधरीले रूपन्देहीको भैरहवामा शुक्रबार भएको किवानिस नेपालको पाँचौं डिष्ट्रिक महाधिवेशनको उद्घाटन समारोह बहिष्कार गरेका हुन् । 


कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री चौधरी सहभागी थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेर हिँडेको उनको सचिवालयले जनाएको छ ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेपछि कार्यक्रम आयोजक अन्योलमा परेका थिए ।


Author

थप समाचार
x