समाज

काठमाडौँवासीको प्यास मेटाउने खानेपानीको मुहानहरू (फोटो फिचर)

इकागज |
भदौ ३०, २०८० शनिबार १०:१२ बजे

काठमाडौँमा पानीको अभाव कस्तो छ भन्ने कुरा काठमाडौँवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्नसमेत भनेको बेलामा पाइँदैन । अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरुमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ ।

अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ । काँठ क्षेत्रमा पानीका मुहानहरु शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरुले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ । त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन ।


यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो । काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित बागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

काठमाडौँमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ । किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ । 

तस्बिरहरू : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x