समाज

पोखरा १३ का अध्यक्षले भनेः विपन्‍न तथा असहाय नागरिकको निःशुल्क स्वास्थ्य वीमा हुन्छ

इकागज |
असोज २, २०८० मंगलबार १७:२२ बजे

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले अति विपन्न तथा असहाय वडाबासीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ । वडाअध्यक्ष किरण बरालले विपन्न र असहाय वडा बासीको निःशुल्क स्वास्थ्य वीमा गरिने जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य वीमा गर्न चाहनेले वडा कार्यालयमा असोज २० गतेसम्म निवेदन बुझाउनु पर्नेछ । स्वास्थ्य वीमालाई प्रोत्साहन गर्न यो अभियान चलाइएको उनले बताए ।


‘वीमा गर्न चाहनेले नागरिकताको प्रमाणपत्र,टोल विकास संस्थाको सिफारिस पत्र र माइन्युट पेपर समावेश गर्नुपर्नेछ,’ उनले भने,’ वडा १३ मा स्थायी बसोबास गरेको हुनुपर्नेछ । बसाई सराई गरेको हकमा बसाइँसराई प्रतिलिपि समावेश हुनुपर्छ ।‘

परिवारको सदस्यका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदनमा पेस गरिएको हुनुपर्ने अध्यक्ष बरालले बताए । उनले नाबालकको हकमा जन्मदर्ता प्रतिलिपि राखिएको हुनुपर्ने बताए ।


Author

थप समाचार
x