समाज

वसन्तपुरमा गरियाे सामूहिक कुमारी पूजा (तस्बिरहरू)

अनुज बज्राचार्य |
असोज १०, २०८० बुधबार १३:३६ बजे

काठमाडाैं । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रूपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

म‌ंगलबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो ।  इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हाे । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा रथयात्रा हुनेछ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x