समाज

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १५:३ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको बताए । कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरू आरामसाथ निदाउन पाएको उनले उल्लेख गरे । उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताए ।


उनले भने, ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ, भालु आनन्दले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयामहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूना स्तरको बनाउने बताए ।


Author

थप समाचार
x