समाज

तिहार

तस्बिरमा गाई तिहार

इकागज |
कात्तिक २७, २०८० सोमबार १०:५३ बजे

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।  

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको  बताइएको छ ।


गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित आनन्द कुटिरमा गाई तिहारको दिन गाईको पूजा गर्दै स्थानीयवासी । 

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा गाई तिहारका दिन गाईको पूजा गर्दै सर्वसाधारण ।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा गाई तिहारका दिन गाईको पूजा गर्दै सर्वसाधारण ।

गाई तिहारका दिन आज नुवाकोटको विदुर नगरपालिका–२ स्थित एक घरमा गाईपूजा गर्दै सर्वसाधारण । 

गाई तिहारका दिन आज नुवाकोटको विदुर नगरपालिका–२ स्थित एक घरमा गाईपूजा गर्दै सर्वसाधारण । 

स्वर्गद्वारी आश्रमको दाङ घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित आनन्द कुटिरमा गाई तिहारको दिन गाईको पूजा गर्दै स्थानीयवासी । 

स्वर्गद्वारी आश्रमको दाङ घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित आनन्द कुटिरमा गाई तिहारको दिन गाईको पूजा गर्दै स्थानीयवासी । 

तस्बिरहरू : हरिराम भेटुवाल(काठमाडौँ), कुलदीप न्यौपाने (दाङ) र रामहरि न्यौपाने (नुवाकोट)/ रासस


Author

थप समाचार
x