समाज

टिकटक बन्द हुँदा दु:ख लागेन, फेक अकाउन्ट बनाएर लाखौँ कमाउनेकाे राेजगार खाेसिँदा दु:ख लाग्याे : मेयर बालेन

इकागज |
कात्तिक २७, २०८० सोमबार १९:१० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सरकारले टिकटकमाथि लगाएकाे प्रतिबन्धलाई व्यंग्यका रूपमा लिएका छन् । आफ्नाे फेसबुकमा आज एक पाेष्ट लेख्दै उनले आफ्नाे नाममा फेक लाइभमा बसेर लाखौँ कमाउनेकाे माया लागेर आयाे भन्दै व्यंग्य गरेका हुन् । 

उनले भनेका छन्, 'अरु त केही दु:ख लागेन, मेराे नाममा फेक लाइभमा बसेर लाखौँ कमाउनेकाे चाही माया लाइराकाे छ । माया लाग्याे । राेजगारी सिर्जना भाकाे थियाे ।' 


 


Author

थप समाचार
x