समाज

१४ किलो सुन समातिएपछि चन्द्रले भनेका थिए- सुन मीनबहादुरको हो

इकागज |
मंसिर २२, २०८० शुक्रबार ८:६ बजे

काठमाडौँ- त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित समातिएका चन्द्र घलेले उक्त सुन मीनबहादुर घलेको भएको बयान दिएका छन् । बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्रको साथबाट १४ किलो सुन बरामद गरिएको थियो ।

 'बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडामा बेरेरे छातीको दायाँबायाँ राखेर चन्द्रले ल्याउनु भएको थियो' त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख अर्जुनचन्द ठकुरीले इकागजसँग भने 'चन्द्रलाई पक्राउ गरेपछि सुन मीनबहादुरको भएको बयान दिएका थिए ।' चन्द्रले छाती र जुत्तामा सुन लुकाएर ल्याएका थिए ।


उनको बयानको आधारमा प्रहरीले मीनबहादुरलाई राति नै धुम्बाराहीबाट पक्राउ गरेको ठकुरीले इकागजलाई बताए । उनीहरू दुवै जना गोरखाको भएको बुझिएको छ ।

र, यो पनि


Author

थप समाचार
x