समाज

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

इकागज |
मंसिर २३, २०८० शनिबार १८:३३ बजे

रौतहट- रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । 

माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ ।


जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुँडेर खसेर घटनास्थलमै मृत्यु भएको हो। 


Author

थप समाचार
x