समाज

मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौँबाट युवक पक्राउ

इकागज |
पुस १, २०८० आइतबार २१:५० बजे

काठमाडौँ- मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौँबाट पक्राउ परेका छन् । 

महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौँ प्रहरीले शनिबार पक्राउ गरेको हो । 


साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए । हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौँ परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 


Author

थप समाचार
x