समाज

सम्भव नेपालले ७ पालिकालाई दियो एम्बुलेन्स

इकागज |
पुस १९, २०८० बिहीबार १२:३१ बजे

काठमाडौँ- सम्भव नेपाल संस्थाले गोरखाका ७ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । उक्त संस्थाले पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक एक थान एम्बुलेन्स र मेडिकल सामग्री सहयोग गरेको छ ।

एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्य रहेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षामा विशेष जोड दिएको छ । हाम्रा सहयोगीहरूलाई पनि यो क्षेत्रमा साथ र सहयोग गर्न आग्रह गर्दर्छौं,’ उनले भने, ‘सम्भव नेपालले सरकारको अभियानमा साथ दिएको छ ।’


एम्बुलेन्ससँगै अक्सिजन सिलिन्डर सेट, स्ट्रेचर, सर्जिकल मास्क, ब्ल्यांकेट, एडल्ट डाइपर, हस्पिटल बेड सेट, स्पाइनल बोर्ड, फुट स्टेयर्स सहयोग गरिएको छ ।’

यस्तै, बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।

एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म २ करोड ६८ लाख लगानी भएको उनको भनाई छ । ‘एम्बुलेन्सहरू सरकारले भन्सार छुट दिएको छ । नत्र यसको लागत निकै महँगो पर्थ्यो,’ उनले भने । एम्बुलेन्स सञ्चालनका लागि चार जना स्वास्थ्यकर्मी समेत सम्भव नेपालले सहयोग गरेको छ । उक्त संस्थाले यसअघि पनि ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।


Author

थप समाचार
x