समाज

सर्लाहीको बरहथवामा झडप : एक जनाको मृत्यु, प्रशासनद्वारा कार्फ्यू आदेश जारी

इकागज |
पुस २०, २०८० शुक्रबार १७:३९ बजे

जनकपुरधाम- सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।​

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रु सेल र हवाई फायर खोलेका थिए । त्यस क्रममा एक युवकको ज्यान गएको हो ।


प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उक्त आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

 

सर्लाहीमा नगर अस्पतालको विषयमा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु


Author

थप समाचार
x