समाज

कोभिड कहरबीच १२ कक्षाको परीक्षा सुरु (फोटो फिचर)

अंकुरसिंह थापा |
मंसिर ९, २०७७ मंगलबार ९:१४ बजे

सेन्ट जेभियर्स कलेजमा १२ कक्षाको परीक्षामा सहभागी हुन लामबद्ध परीक्षार्थी । तस्बिर : अंकुर सिंह थापा

काठमाडौं : आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट सुरु परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी छन् । ४० प्रतिशत अंकका लागि लिइएको परीक्षा साढे एक घण्टाको हुने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट दिइनेछ । परीक्षा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

१२ कक्षाको परीक्षा वैशाखमा हुनुपर्ने थियो । तर कोभिड-१९ का कारण परीक्षा हुन सकेको थिएन । परीक्षार्थीहरुबीच करिब दुई मिटर दुरी कायम गरी एउटा हलमा २० जना मात्र परीक्षार्थी राखेर परीक्षा सञ्चालन गरेको बोर्डले जनाएको छ ।

त्यस्तै सबै परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर लगाउनुपर्ने र ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ ।


Author

थप समाचार
x