समाज

सुर्खेतमा १८ वर्षीय युवकको हत्या

इकागज |
माघ २, २०८० मंगलबार १९:१ बजे

सुर्खेत- सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या भएको छ । पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । 


घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । 

घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ ।

 


Author

थप समाचार
x