समाज

सुन तस्करी प्रकरण

जीवन गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

इकागज |
चैत ५, २०८० सोमबार १८:१० बजे

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिए ।


केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।


Author

थप समाचार
x