समाज

महरालाई अस्पताल भर्ना गरिने

इकागज |
चैत ५, २०८० सोमबार १९:२३ बजे

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौँले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो ।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो । उनको बिमारीबारे खुल्न सकेको छैन ।



Author

थप समाचार
x